
अर्घाखाँची । अर्घाखाँचीमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।
शितगंगा नगरपालिका– ६ जुकेनाका शालिकराम थापाले स्थानीय ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।
थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।
जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापालाई १० वर्षपछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । अभियुक्त थापा शितगंगा नगरपालिका– ४ चाक्लामा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्