
डडेल्धुरा । डडेल्धुराको आलिताल मोटरेबल पुल एक बर्ष नबित्दै जोखिममा परेको छ । एक वर्ष अघि सञ्चालनमा आएको पुल वर्षातको भेलले गर्दा जोखिममा परेको हो ।
आलिताल गाउँपालिकाको केन्द्र, मुख्य बजार सँगै वडा नम्बर ४, ६, ७ र ८ को बस्तीलाई वडा नम्बर ५ र गाउँपालिका कार्यालय सहित स्थानीय सरकारसँग जोडने पुल गएको वर्षातले जोखिममा पारेको हो ।
पुलको दुबै तर्फ सेफ्टी पर्खाल नबन्दा नवनिर्मित पुल जोखिममा परेको हो । खोलाको किनारमा तीन महिना अघिको अबिरल वर्षात वर्षात र बाढीले काटेर माटो बगाउँदा भएको जोखिमले स्थानीय बासीन्दालाई पुल तर्न समस्या भएको छ ।
तत्कालिन परशुराम नगरपालिकाका नगरप्रमुख भिम बहादुर साउँदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाद्वारा निर्मित करिब दुई करोड रुपैयाँ लागतमा बनेको पुल अहिले वारपार गर्न समस्या भएको छ । पुलसँगै बगरमा निर्माण गर्ने भनिएको निर्माणाधिन महत्वाकांक्षी आलिताल खेल मैदान पनि सुनखोलाले बगाएको छ ।
वर्षेनि अकल्पनिय रुपले आउने बाढी पहिरो र वर्षातको भेलबाट बचाउन सुख्खा मौसममा पुल संरक्षणका लागि पहल नभए अर्को वर्षातमा पुरै पुल बगाउने प्रति स्थानीय चिन्तित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्