
झापा । २०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राप्रापाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच यस पटक पनि उनीहरूबीच कडा टक्कर हुने देखिएको छ ।
अघिल्लो पटक भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लिङ्देनसँग पराजित हुनु भएका सिटौला पुनः यो पटकपनि लिङ्देनसँगै भिड्नु भएको छ ।
२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा लिङ्देनलाई पराजित गर्दै विजयी हुनु भएका सिटौलाले २०७४ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लिङ्देलसँगै पराजय व्यहोर्नु पर्यो । तर, यस अघि भएको निर्वाचनमा लिङ्देनलाई गठबन्धनको साथ थियो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँग चुनावी तालमेल गर्दै लिङ्देन आफैं मैदानमा हुनुहुन्छ । उहाँ आफ्नो विरासत कायम राख्न प्रयासरत देखिनु भएको छ भने कांग्रेस नेता सिटौला बदला लिने दाउमा हुनुहुन्छ ।
कांग्रेस नेता सिटौला आफ्नो निर्वाचन क्षेत्रमा अगुवा कार्यकतासँग भेटघाट गर्दै मतदाता फकाउन निक्कै व्यवस्त देखिनुहुन्छ ।
उनीहरूसँगै स्वतन्त्र सहित १८ जनाको उम्मेद्वारी पर्नुले पनि झापा क्षेत्र नम्बर ३ मा चुनावी प्रतिष्पर्धा रोचक हुने देखिन्छ । आफू विकास प्रेमी नेता भएकै कारण यस क्षेत्रमा आफ्नो जित निश्चित रहेको लिङ्देनको भनाई छ ।
एकलाख ३१ हजार ४ सय ३२ मतदाता रहेको यो निर्वाचन क्षेत्रबाट कांग्रेस नेता सिटौलाले या लिङ्देनले कस्ले बाजी मार्ला आंकलन मात्र गरिँदै छ ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्दा झापा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता सिटौलालाई चुनाव जित्न सहज देखिएपनि लिङ्देनलाई एमालेको साथका कारण पनि कस्को पल्ला भारि हुन्छ सहजै भन्न सक्ने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस्