१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनकोशी मरिण डाईभर्सन आयोजनाको भौतिक र आर्थिक प्रगतिले लक्ष्य नाघ्यो


195
Shares

सिन्धुली । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले लक्ष्य भन्दा बढी प्रगति गरेको दाबी गरिएको छ ।

आयोजनाले सुरुङ खन्ने काम सुरु गर्दासम्म भौतिक प्रगतिको लक्ष्य ८ दशमलब ६८ प्रतिशत रहेकोमा अहिले ८ दशमलब ८० प्रतिशत पुरा भएको जनाएको हो । आर्थिक प्रगति ८ दशमलब ३३ प्रतिशत रहेकोमा ८ दशमलब ४२ प्रतिशत पुगेको छ ।

मुख्य काम मध्येको सुरुङ खन्ने काम असोज २८ गतेबाट सुरु भएको र झण्डै १ सय ५० मिटर खनिसकिएको आयोजनाले जनाएको छ । पहिलो चरणको काम मुआब्जा दिने, सुरुङ क्षेत्रको रुख कटान, वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर सुरुङ खन्ने काम सुरु गरिएको हो । तराईमा यो आयोजनाले सिंचाई क्षेत्रमा अढाई देखि ३ गुणा उत्पादन दिने आयोजनाका निर्देशक मित्र बरालले बताउनुभयो ।

कुसुमटारमा विद्युत गृह निर्माण गर्न हाईड्रो मेकानिकल संरचनाहरुको निर्माण कार्य समेत सुरु गरिसकेको जनाइएको छ । सुनकोशीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङबाट ६७ हजार लिटर प्रतिसेकेन्ड पानी मरिणमा झारेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ ।

तराईका बारा, रौतहट, सर्लाहि महोत्तरी र धनुषाका केहि भाग गरि १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने छ ।

१ लाख २२ हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पुर्‍याउन सकेमा कृषिबाट बार्षिक २६ अर्ब रुपैंया आम्दानी हुने आयोजनाको आंकलन छ ।

आयोजनाले अब सुनकोशीमा बाँधनिर्माण गर्ने, कुसुमटारमा विद्युत गृह निर्माण गर्ने र हाईड्रो मेकानिकल संरचनाहरुको निर्माण कार्य समेत सुरु गरिसकेको जनाएको छ भने, टेक्निकल ल्याव, सुरक्षा संरचनाको व्यवस्था लगायतका काम समेत सकिएका छन् ।

सुनकोशीको पानी १३.३ किलोमिटर सुरुङबाट ६७ हजार लिटर प्रतिसेकेन्ड पानी मरिणमा झारेर ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने, तराईका बारा, रौतहट, सर्लाही महोत्तरी र धनुषाको केहि भाग गरि १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने लक्ष्य सहित यो आयोजना सुरु भएको हो ।

वैदेशिक सहायता बिना नेपाल सरकारको आफ्नै लगानीमा सुरु भएको सुनकोशी मरिण डाईभर्सन बहुद्देश्यीय आयोजना आर्थिक वर्ष २०७७/७८ मा सुरु भई २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य छ ।