१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिण कोरियामा भागदौड भएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


1.443k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको अवसरमा सोलमा गरिएको एक कार्यक्रममा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार, त्यहाँको सरकार र कोरियाली नागरिकप्रति समवेदना प्रकट गर्नुभएको हो ।

साथै प्रधानमन्त्री देउवाले भागदौडमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्नुभएको छ ।

हलोविन मनाउनका लागि लाखौंको संख्यामा राजधानी सोलमा जम्मा भएकाहरूबीच भागदौड मच्चिँदा १ सय ५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।