२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल


12.545k
Shares

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ ।

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीर समेत गर्नुभयो ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बन्नु भएका उहाँले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधान माथिनै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गर्नुभयो ।

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाउनुभयो । त्यसक्रममा उहाँले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीर समेत गर्नुभयो ।