
web pic
धनकुटा । धनकुटामा पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ का ७५ वर्षिय छत्रमुखी साम्पाङ्ग रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
धनकुटा नगरपालिकाबाट साँगुरीगढी गाउँपालिकाको बुढिमोरङ्ग तर्फ जाने क्रममा पुलबाट करिब ३० मिटर तल खस्दा वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्