१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चुनौतिलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक छ : प्रकाशमान सिंह


13
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतिहरुलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता सिंहले आगामी दिनमा समाजमा रहेका हरेक चुनौतिहरुको सकारात्मक दृष्टिकोणबाट मात्रै सामना गर्न सकिने बताउनुभयो । उहाँले समाजका चुनौतिलाई बोलेर नभइ कार्यान्वयनमा ल्याएर देखाउन जरुरी रहेको बताउनुभयो ।

नेता सिंहले यतिबेला सबै राजनीतिक दल र नेताहरु आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा व्यस्त रहेकाले आफू पनि निर्वाचनमा लागिरहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा विजयी हुन आफ्नो टिम हरेक किसिमबाट लागिपरेको बताउनुभयो ।

नेता सिंह नेपाली कांग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।