१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना


52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुभएको छ ।

आइतबार थापाथली पुगेर प्रधानमन्त्री देउवाले पूजा आराधना गर्नुभएको हो ।

सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि थापाथलीस्थित बागमती नदी किनार झकिझकाउ पारिएको छ । आइतबार छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै छ । सर्वसाधारणहरुले छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका हुन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन काठमाडौं लगायत देशका अन्य स्थानमा छठ घाट पनि सजाइएको थियो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका व्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् ।

बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठको ब्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ ।

महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।