२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु


143
Shares

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा आइतबार दिउँसो चुनाव प्रचारप्रसारमा हिँडेको स्कारपियोले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत ब्रह्मपुरी गाउँपालिकास्थित सखुअवा र भेल्हीको बीचमा नम्बर खुल्न नसकेको स्कारपियोले ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारतको सीतामढी बसतपुर घर भएका २२ वर्षीय नेक महम्मदको मृत्यु भएको हो ।

महम्मदलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मलङ्गवा नगरपालिका–९ का १२ वर्षीय असलम सफी गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ ।

दुर्घटनापछि स्कारपियो फरार रहेको छ । फरार स्कारपियो र त्यसका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।