१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओखलढुंगामा स्याब्रु नाचको संरक्षणका लागि तालिम


91
Shares

ओखलढुंगा । नेपाल शेर्पा संघले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक महिना लामो स्याब्रु नाच तालिम सञ्चालन गरेको छ ।

लोप हुँदै गएको बौद्धमार्गी शेर्पा समुदायको स्याब्रु नाच जोगाउन तालिम सञ्चालन गरिएको हो ।

तालिम सिद्धिचरण नगरपालिकाका विगुटार, वर्नालुलगायत क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलाई लक्षित गरेर सञ्चालन गरिएको थियो ।

स्याब्रु नाच तालिम हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका प्रशिक्षकले सहजिकरण गरेका थिए । तालिममा शेर्पा समुदायका करिब १ सय सहभागी थिए ।

शेर्पा समुदायको पहिचान बोकेको स्याब्रु नाच नयाँ पुस्ताले बिर्सँदै गएपछि त्यसलाई जोगाउन प्रशिक्षण गरिएको संघका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

यो नाच मेला, पर्व, चाडलगायतको अवसरमा देखाइने गरिन्छ । संघले हालसम्म खिजीदेम्बाका भुसिंगा, पात्ले, खिजीफलाटेलगायतका ठाउँमा प्रशिक्षण दिइसकेको छ ।