
स्याङ्जा । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक सय ९९ मतदानस्थलमध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । यस्तै, स्याङ्जाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ ।
सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
स्थानीय प्रशासनले मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
जिल्लामा दुई लाख ४४ हजार ८९ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये १ लाख २४ हजार ७७८ महिला, १ लाख १९ हजार ३१० पुरुष र १ अन्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्