
उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताउनुभयो ।
आगलागीबाट झण्डै ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।
आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी २५ लाख, सन्तबहादुर मगरको घर, काठपातलगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित ६ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्