
काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताउनुभएको छ ।
आज काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहमा कामु प्रधानन्यायाधीश कार्कीले समाज नबुझिकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सिमित हुने उल्लेख गर्नुभयो ।
डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
यस्तै समाजसेवी अनुराधा कोईरालाले महिलाहरु एक ठाउँमा उभिएर चुनौतीहरुको सामना गर्ने हो भने अहिले भइरहेको समस्याहरु कम गर्न सकिने बताउनु भयो ।
उहाँले अहिलेको समाजमा समेत छोराछोरीमा विभेद हुने गरेको भन्दै छोराछोरीमाथि हुने विभेदलाई समाजबाट हटाउन जरुरी रहेको बताउनु भयो । होस्ट राइटिङ नेपालले प्रकाशन गरेको यो पुस्तकको सम्पादन यशोदा तिम्सिनाले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्