१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते


143
Shares

अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

गुल्मीबाट अर्घाखाँची जाँदै गरेको लु १ ज २६२० नम्बरको जिप सन्धिखर्क नगरपालिका १० माटेमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेमा छत्रदेव गाउँपालिका वडा नम्बर २ कि रन्जना ताम्राकार, मालारानी गाउँपालीका वडा नम्बर ३ कि निर्माला खनाल, र गुल्मी धुर्कोटका अंकीत कुँवर र विशन कुँवर रहेका छन् ।

घाइतेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रन्जना ताम्राकारलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिपको ब्रेक फेल हुँदा सडकको नालीमा परी सडक मै पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १३ जना सवार रहेका थिए ।