
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको रिट दर्ता भएको छ ।
उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।
लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च जानुभएको हो । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुनुहुन्छ । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलार्य निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत जानुभएको हो ।
उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको माग दाबी लिएर अदालत पुगेकी कार्कीको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्