२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


३ वर्ष अघि भत्काईएका छाउगोठ पुनः निर्माण हुँदै


403
Shares

डडेल्धुरा । बाजुरामा पछिल्लो समय फेरी छाउप्रथा ब्यूतिएपछि धमाधम छाउगोठ पुनः निर्माण हुन थालेका छन् ।

३ वर्ष अघि करिब ५ सय भन्दा बढी छाउगोठ भत्काईएका थिए । तर अहिले फेरी धामी झाँक्रीको डरका कारण गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेको स्थानीयवासीले बताएका छन् । गाउँका धामी झाँक्रीहरुले घरमा छुइ गरेको भन्दै रिसाउँन थालेपछि रुढीवादी र परम्परागत साेचको रुपमा रहेको छाउप्रथा पुनः ब्यूतिएकाे हाे । साथै महिनावारी भएका महिलाहरुले गाउँमा धमाधम गोठ निर्माण गर्दै फेरी ५ दिनसम्म साेही गोठमा बास बस्न थालेको स्थानीय एक महिलाले बताएकी हुन् ।

अभियान सुरु भएका बेलामा घरको कोठामा सुत्दा केही आराम महशुस गरेका महिलाहरुका लागि बाजुरामा फेरी यो छाउप्रथा कायम हुँदा अहिले महिलाहरुले महिनावारी भएको बेलामा हिउँदको चिसो र बर्खाको हिलोमा बस्नु पर्ने बाध्यता भएकाे छ ।स्थानीय सरकारले छाउप्रथाको अन्त्य गर्नका लागि बाजुरामा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याए पनि धाँमी झाँक्रीका कारण भत्किाएका ती छाउगोठ अहिले फेरी गाउँमा धमाधम बनाउन सुरु हुन थालेका छन् ।

शिक्षित महिला र धामी झाँक्रीले यो प्रथा अँगाल्दै आएपछि घरको कोठामा सुत्ने गरेका महिलाहरु फेरी छाउगोठमा बस्न बाध्य भएको स्थानीयवासी बताउँछन् । २०७५/०७६ सालमा १ सय ६८ र २०७६/०७७ मा ३ सय ४३ वटा गरी बाजुराका ९ वटै स्थानीय तहमा ५ सय ११ वटा छाउँगोठ भेटिएका थिए ।