१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमका उम्मेदवारले १७ देखि २७ लाखसम्म खर्च गर्न पाउने


338
Shares

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित स्वच्छ र मर्यादित रुपमा सम्पन्न गर्न तेह्रथुममा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचन–२०७९ को सन्दर्भमा निर्वाचन आयोगले तयार गरेकाे आचारसंहिता अनुसार जिल्लाका राजनीतिक दलका उम्मेदवारको भूमिकाको विषयमा अन्तरक्रिया भएको हो ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरू सहभागी भएकाे साेही कार्यक्रममा सबैले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोगले दिएको निर्देशन अनुसार आचारसंहिता कार्यन्वयन गर्न मुख्य निर्वाचन कार्यलय प्रतिबद्ध भएको मुख्य निर्वाचन अधिकृत प्रणेश पोख्रेलले बताउनुभयो ।

सहभागीहरूले आचारसंहिता निर्वाचनलाई मर्यादित एवं व्यवस्थित बनाउनु पर्नेमा जोड दिएका छन् । निर्वाचनपछि १५ दिन भित्र उम्मेदवारहरूले खर्चको विवरण पठाउनुपर्ने जिल्ला निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारले २७ लाख रुपैयाँ र प्रदेश सभा सदस्य पदका उम्मेदवारले १७ लाख रुपैयाँ खर्च गर्न सक्ने सीमा समेत निर्धारण गरिएको छ ।