१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेकअप र कपडाको मात्रै मूल्यांकन गरियो : करिश्मा मानन्धर


5.603k
Shares

काठमाडौं । नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच सोमबार चलचित्रको गीत सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा बोल्दै नायिका करिश्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गरिन् ।

उनले आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको बताएकी छन् । चलचित्र बगानमा भने आफूले अभिनयबाट चिनिने मौका पाएको उनले बताइन् । उनले भनिन्, ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ । त्यसको लागि म हाई ममी, बाई ममी भन्ने रोलमा गर्न रेडी थिइनँ । ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गनुएपर्ने बाध्यता मलाई छ ।’

उनी भन्छिन्, ‘करिशमा मानन्धरले कहिले पनि बेस्ट नायिका भनेर अवार्ड पाएन । जहिले पनि यत्रो लामो करियर भयो, कहिले पनि पाएन । जहिले पनि मेकअप र लुगाको मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो मेरो । यो फिल्ममा मैले अभिनयबाट चिनाउने रोल गर्न पाएँ ।’

सोही कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा वधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको बताएका छन् । उनले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको बताए । उनले अहिले विधुवा पुरुषको कथा रहेको चलचित्र महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त समेत गरेका छन् ।