
web pic
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सर्लाहीको बरहथवा नगरपालिका–८, पूर्णिमा पुलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।
रहथवाबाट हीरापुरतर्फ गइरहेको ज ४ प ३५९४ नम्बरको मोटरसाइकल पूर्णिमा पुलमा आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक गोडैता नगरपालिका–१० का २२ वर्षीय मनिष महतोको मृत्यु भएको हो ।
चालकको मृत्यु भए पनि मोटरसाइकल पछाडि सवार २१ वर्षीय रुपेश महतो भने सकुशल छन् । प्रहरीले उनलाई नियन्त्रणमा राखी दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्