
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उहाँले अरु पार्टीका लागि भने एकल बहुमत बिल्कूलै सम्भव नभएको जिकीर समेत गर्नुभयो । २७५ सिट मध्ये १३८ सिट प्रतिनिधि सभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधि सभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।
उहाँले एमालेले सरकारमा रहेर गरेका कामहरु जनताले देखेकाले पनि आगामी निर्वाचनमा बहुमत दिने तर्क थियो । अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढी ल्याउने पटकपटक दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको प्रतिवद्धताहरु पूरा गर्नका लागि ल्याइएको बताउनुभयो । आफ्नो चुनावी घोषणा पत्रलाई अन्य पार्टीहरुले झैं निरर्थक चर्चाको विषय नबनाएको उहाँले बताउनुभयो ।
करिब २० हजार शब्दको घोषणा पत्रमा निर्वाचन जितेपछि मुलुकको समृद्धिका लागि एमालेले गर्ने कामहरुबारे चर्चा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्