१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


नेवार समुदायका साझा मुद्दालाई उठाउन माग


858
Shares

काठमाडौं । नेवार समुदायका साझा मुद्दालाई उठाउन नेवाः देय् दवुले बाग्मती प्रदेश सभा सदस्यका उम्मेदवारहरुको ध्यानाकर्षण गरेको छ ।

दवुको स्वनीगः विशेष समिति र बाग्मती प्रदेश समितिले मैगलबार ललितपुरमा पत्रकार सम्मेलन गरेर नेवार समुदायका १३ बुँदे नेवारका साझा मुद्दा सार्वजनिक गर्दे उम्मेदवारलाइ विशेष रुपमा उठान गर्न आग्रह गरेका हुन् ।

नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी १६९, आदिवासी जनजाती अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषनापत्र लगायतका महासन्धि अनुसारको मद्दाहरु समेट्न उम्मेदवारलाई आग्रह गरिएको हो । यसमा नेपाल भाषा र नेपाल संम्वत कार्यान्वयन गर्ने, भू उपयोगी नीति लागु गर्ने, स्वायत क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरु घोषणा गर्नुपर्ने लगायत छन् ।