
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
मृगौलालगायतका अंगहरु फेल भएर बसेकाहरुको पुर्नजन्म हुने भएकाले मृत्य पर्यन्त अंग दान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने उहाँले बताउनुभयो ।
मारबाडी सेवा समितिले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले दान गरिएको अंगहरुले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्याउने भएकाले पनि मानव अंग दान अति आवश्यक रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले मानवीय सेवाका क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्