१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्घाखाँचीमा आचारसंहिता विपरीत बाड्न लागिएको पाइप बरामद


910
Shares

अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने गरि बाँड्न थालिएको पाइप बरामद गरिएको छ । छत्रदेव गाउँपालिका ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाँच रोल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बाँड्न लगिएको उक्त पाइप मुख्य निर्वाचन अधिकृत र प्रहरीको गस्ती टोलीले फेला पारेको हो ।

प्रहरी गएपछि मानिसहरू भागेका थिए । बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।

नेकपा (एमाले) कार्यकर्ताले मतदातालाई पाइप बाड्न लागेको स्थानीयको भनाइ छ ।