१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश


6.331k
Shares

तनहुँ । नेकपा एकीकृत समाजवादीका ४६१ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रे रहेका छन् ।

यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा संघ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा संघको सिङ्गो जिल्ला कमिटी टिम पनि एमालेमा प्रवेश गरेकाे छ ।

तनहुँमा भएको कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङ, एमाले पोलिट्व्युरो सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज टुकराज सिग्देल लगायतले स्वागत गरेका थिए ।