
काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ ।
कमिटीले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी यहि कार्तिक १९ र २० गते अधिवेशन गर्ने औंपचारिक जानकारी गराएको हो । बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताउनुभयो ।
‘सबल प्रवासी, समृद्ध नेपालः सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको अधिवेशनमा ४० देशका ३ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्