८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्वाचन आयोगको निर्देशन


468
Shares

काठमाडौं । करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिइएको छ ।

निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको हाे ।

आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आयाेगलाई जानकारी गराउन निर्देशन समेत दिएको छ ।

गण्डकी प्रदेश सरकारले ८ असोजमा घरजग्गा र सवारी कर घटाउने निर्णय गरेको थियो ।