
म्याग्दी । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले पृथ्वीनारायण शाहको तस्वीर देखाएर भोट माग्न थालेको छ ।
पृथ्वीनारायण शाहको तस्वीरले मतदाताको मत तान्न सकिन्छ भन्ने उद्देश्यले म्याग्दीको ग्रामिण क्षेत्रमा राप्रपाले चुनावी अभियान थालेको हो ।
पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्वीरसँगै मतदातासँग भोट मागि रहेको छ ।
राप्रपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगतप्रसाद गौचनले नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदान र बाइसी–चौबीसी राज्यलाई मिसाएर नेपाल बनाउन खेलेको भूमिकाका बारेमा नयाँ पुस्तालाई जानकारी दिन समेत तस्विर लिएरै चुनावी अभियान सुरू गरेको बताउनुभयो ।
संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र सहितको मुलुक बनाएर दिगो विकास र स्थायित्वका लागि राप्रपा मतदातासमक्ष पुगी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्