१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जुम्लामा सेनाले म्यादी प्रहरीलाई प्रशिक्षण दिदै


221
Shares

काठमाडौं । जुम्लामा म्यादी प्रहरीलाई बम डिस्पोजल गर्ने उपायकाे बारेमा जानकारी गराइएको छ ।

नेपाली सेनाको नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी नेतृत्वको टोलीले विद्यालय, ग्रामीण बस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायकाे बारेमा कक्षा सञ्चालन गर्न थालेको हो । पहिलो चरणमा जिल्लाको गुठीचौर गाउँपालिकामा नागरिकलाई भेला गराएर बमबाट बच्न अपनाउनु पर्ने उपायकाे बारेमा जानकारी दिइएको छ ।

नन्दाबक्स गणका गणपति रवीन थापाले जुम्लामा बम लगायत शंकास्पद वस्तुदेखि बच्न सबैले होसियारी अपनाउनु पर्नेमा जोड दिनुभयो । अप्रिय घटना हुन नदिन सेनाको टोली जिल्लाभर खटिएको छ । प्रत्येक निर्वाचन केन्द्रमा खटिने म्यादी प्रहरी, नेपाल प्रहरीलाई समेत बमबाट जोगिन अपनाउनुपर्ने उपायका विषयमा कक्षा सञ्चालन गरिएको हो ।

निर्वाचनका क्रममा शंकास्पद वस्तु फेला पर्ने उच्च सम्भावना भएकाले गाउँसम्म पुगेर धमाधम सचेतना फैलाउन थालिएको सेनाले बताएकाे छ ।