
कपिलवस्तु । चन्द्रौटा उधोग वाणिज्य संघले बैंक तथा वितिय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध विरोध प्रर्दशन गरेको छ । ब्याजदर चर्को गरी वृद्धि गर्दा व्यवसायीहरु धरासयी बनेकोभन्दै संघ विरोध प्रर्दशनमा उत्रिएको हो ।
व्यसायीहरुले वैंकको ब्याज एक अंकमा हुनुपर्ने, वेस्ट रेटमा २ प्रतिशत मात्र प्रिमीयम थपेर कर्जा प्रवाह गर्नुपर्ने , छिटै विशेष आर्थिक निति ल्याई राष्टको अर्थतन्त्र चलायमान गर्नुपर्ने लगाएतका माग राखेर प्रर्दशन गरेको चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।
चन्द्रौटा बजारमा गरिएको प्रर्दशनपछि संघले शिवराज नगरपालिका र ईलाका प्रशासनमा ज्ञापन पत्र समेत वुझाएको अध्यक्ष पाण्डेले वताउनुभयो । वैंकहरुले प्रिमीयम र शेवा शुल्क वढि लिएमा संघको कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ ।
व्यवसायीहरु कठिन मोडमा रहेकाले ब्याज वृद्धि गरी दुख दिने काम बन्द गर्न व्यायासायीले आग्रह समेत गरेका छन् । अर्थतन्त्र सुधार भएपछि पनि वैंकहरुले उधोगीसंग सहकार्य गर्नुपर्ने भएकाले आफनो निर्णय सच्चाउन अनुरोध गरेको छ । आफना मागप्रति सरकार र बैंकहरु गम्भीर नभए थप आन्दोलनका कार्यक्रम गर्ने संघले चेतावनी दिएको छ । विरोध प्रर्दशनमा वाणगंगा यातायात व्यवसायी समिति र ब्युटी तथा कस्मेटिक व्यवसायी संघले समेत एक्याबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्