१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीद्वारा पुलिसलाई १ सय ८९ रनको चुनौती


65
Shares

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले पुलिसलाई जितको लागि १ सय ८९ रनको चुनौती दिएको हो । लुम्बिनीले ४४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १ सय ८८ रनको योगफल बनाएकाे छ ।

लुम्बिनी प्रदेशका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रनको योगदान दिएका छन् । उनले ८८ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७४ रनको योगदान गरेका हुन् । त्यसैगरी विशालविक्रम केसीले ३० रनको योगदान दिएका छन् भने प्रज्वल थापाले २३ रन जोडेका छन् । दुर्गेस गुप्ता र मोहमद हुसेनले समान ११-११ रन जोड्दा कृष्ण कार्कीले नौ रनको योगदान गरेका हुन् ।

बलिङतर्फ नेपाल पुलिस क्लबका दीपेन्द्रसिह ऐरी एक्लैले ४ विकेट लिएका छन् भने करण केसी र सागर ढकालले समान २-२ विकेट झारेका छन् । त्यसैगरी गुल्सन झा र ललित राजवंशीले १-१ विकेट लिएका हुन् । पुलिस क्लब अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।