१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीतिक दलका घोषणापत्रप्रति मतदाताकाे असन्तुष्टि


117
Shares

काठमाडौं । नेपालमा शासन व्यवस्था परिवर्तन भएपछि दोस्रो पटक आम निर्वाचन हुँदैछ ।

संघीय ब्यवस्थापछिको दोस्रो निर्वाचनमा ब्यवस्था परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलदेखि पुरानै शासन ब्यवस्था फर्काउने संकल्प गरेका राजनीतिक दल मैदानमा रहेका छन् । निवार्चनको मुखैमा सबै राजनीतिक दलले आफ्ना एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरिरहँदा मतदाता भने राजनीतिक दल तथा तीनका घोषणापत्रप्रति सन्तुष्ट भएका छैनन् ।

मंसिर ४ गतेको आम निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरेका छन् । मतदाता रिझाउनका लागि लोकप्रिय नीति तर्जुमा गरेका दलप्रति आम मतदाता विश्वस्त देखिएनन् । सत्तामा पुगेपछि घोषणापत्रमा उल्लेख गरिएका बाचा पूरा नगर्ने भन्दै राजनीतिक दलप्रति उनीहरुको आक्रोश छ ।

निर्वाचन अघि मत माग्नका लागि नागरिकको दैलोसम्म पुग्ने नेताहरु निर्वाचित भएपछि फर्केर नआउने गरेको गुनासो नागरिकको छ । मुख्य गरी ठूला भनिएका राजनीतिक दलका नेताहरुले निर्वाचनका बेला गरेका बाचा अर्को चुनावसम्म भुल्ने गरेको मतदाता बताउँछन् ।

पछिल्लो शासन ब्यवस्थाको नेतृत्व गरेका दलप्रति वितृष्ण देखिएका मतदाताले अब विकल्प खोज्नुपर्ने बताइरहँदा केही मतदाता भने ब्यवस्था परिवर्तनको नेतृत्व गरेका यिनै दलबाट देश बिकासको खाका आउनेमा विश्वस्त छन्।


पछिल्लो समय राजनीतिक दलका अपूरा प्रतिवद्धताले आम नागरिकमा देखिएको असन्तुष्टि लामो संघर्षबाट प्राप्त शासकीय ब्यवस्थामाथि चुनौतीको रुपमा देखिएको छ । शासन ब्यवस्थालाई मजबुत बनाउँदै संविधानको पूर्णत पालना गर्नुपर्ने मुख्य राजनीतिक दलहरु सत्ता केन्द्रित हुँदा आम नागरिकको वितृष्णा बढ्दो छ ।

यसले आउँदा निर्वाचनमा मुख्य राजनीतिक दलप्रति चुनौती बढाएको छ ।