
कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको ५ लाख ५२ हजार आठसय भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १, मिडियाचोक घर भएका ३९ वर्षीय मुक्ति खनाल रहेका छन् ।
विशेष सूचनाका आधारमा यशोधरा गाउँपालिका वार्ड नम्बर ७ मर्यादपुरबाट खटिएको प्रहरी टोलीले लु १६ प ४११७ नम्बरको मोटरसाइकलसहित बुधबार बिहान ८ बजे उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागी राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयाे।
प्रतिक्रिया दिनुहोस्