
काठमाडौं । होटल संघ नेपालले तत्काल बैंकको ब्याज तिर्न नसक्ने अवस्था रहेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।
संघले तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै पुर्नतालिकीकरण गरिदिन राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।संघले बिहीबार ज्ञापनपत्र बुझाउँदै बैंकको साँवाको किस्ता र व्याज तिर्नका लागि दुई वर्ष समयको माग गरेको छ ।
संघका अध्यक्ष सृजना राणले कोभिड-१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएपनि सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नरहेको बताइन् ।
उनले यो वर्ष ६ लाख पर्यटक भित्र्याउने प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय सञ्चालन हुन नसकेको बताइन् । सन् २०१९ का झन्डै १२ लाखको संख्यामा पर्यटक नेपाल आएपछि अहिले त्यो सम्भव नभएको संघको भनाई छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्