
तेह्रथुम । जलवायु परिर्वतनका कारण वातारणमा असर पर्दै आएको छ । जलवायु परिवर्तनकै कारण वन मासिँदै गएका छन् । पानीको मुहानहरु सुक्ने क्रम बढ्दो छ ।
जलवायु परिर्वतले वातारणमा ल्याएको असरलाई न्युनीकरणका लागि तेह्रथुममा सामुदायिक वनहरुलाई जलवायु तथा अनुकूलन न्युनीकरण कार्ययोजना सम्बन्धी ज्ञान दिइएको छ ।
जिल्लाको ६ वटा पालिकाहरुमध्ये ५ वटा पालिकाहरुमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश-१ ले जर्मन सरकारको वातारण मन्त्रालय अन्तरगत (आईकेआई/जीआईजेड) को सहयोग तथा डिभिजन वन कार्यालय तेह्रथुमको प्राविधिक सहयोगमा कार्ययोजना सम्बन्धी ज्ञान दिँदै आएको छ ।
जलवायु परिर्वतन न्यूनिकरणका लागि सामुदायिक वन उपभोत्ता समूहको कार्ययोजना संशाेधनमा सहयोग गर्दै र स्थानीय उपभोक्तासँग छलफल गरी जलवायु उत्थानशिल योजना बनाएर काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश-१ का अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) प्रदेश-१ को तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएकाे डिभिजन वन कार्यालय तेह्रथुमका साहायक वन अधिकृत देबेन्द्र भण्डारीले बताउनुभयाे । साेही जिल्लाहरु मध्ये पनि विशेष तिनजुरे मिल्के जलजले क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभयाे । सामुदायिक वनका पदाधिकारीहरुलाई जलवायु परिर्वतनको बारेमा विभिन्न विषयमा ज्ञान दिँदै आएको उहाँले बताउनुभयो ।
सामुदायिक वन उपभोत्ता महासंघले जलवायु न्युनीकरणका लागि हरियाली बढाउने इन्धन उपयोग र आपूर्तिलाई कम गर्ने साथै जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । स्थानीय सरकार डिभिजन वन कार्यालय तथा विभिन्न दातृ संस्थाहरुको सहयोगमा काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्