६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने मन्त्रीकाे प्रतिबद्धता


39
Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उहाँको भनाइ थियो । थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको बसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरुका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरु आकर्षित हुने गरी आफूले योजना तयार पारेको दावी समेत गर्नु भयो ।

पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिने समेत बताउनुभयो ।

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गर्नु भयो । ३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरुको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ ।