
काठमाडौं । देशकै सर्वाधिक निर्वाचन क्षेत्र रहेको काठमाडौंमा मतदाताकाे मन जित्न उम्मेदवारहरुको दौडधुप बढेको छ ।
निर्वाचन आचारसंहितामा आयोगले कडा रुपमा निगरानी गरेकाले घरदैलो कार्यक्रमलाई उम्मेदवारले प्राथमिकतामा राखेका छन् । स्वतन्त्र उम्मेदवार पुराना पार्टीबाट परिवर्तन सम्भव नभएको बताउँछन् भने दलीय उम्मेदवार विकाससँग आफ्नो साइनो जोडिरहेका छन् । सचेत नागरिक रहेको भनिने काठमाडौंका मतदाता भने भोट हाल्ने तरिकामा अल्मलिने अवस्था आउने बताउँछन् ।
एउटा समूह भोट मागेर ओझेलिएको हुन्न अर्को समूह नयाँ सपना देखाएर मतदाता प्रभावित गर्न पुग्छ । कोही विकास भन्छन् त कोही समृद्धि । कोही पुस्तान्तरणको एजेण्डा उठाउँछन् त कोही रोजगारीको । स्वतन्त्र उम्मेदवारको एउटा अवधारणा छ भने नयाँ खुलेका दलका उम्मेदवार महत्वाकांक्षी एजेण्डा बोकेर निर्वाचनकाे दौडमा छन् । कसैका लागि संवैधानिक राजतन्त्र प्रिय छ त कोही खुल्ला मतबाट प्रधानमन्त्री र राष्ट्रपति चुनिनु पर्ने जिकिर गर्छन् । यसरी हेर्दा मत माग्ने सबैका आ-आफनो शैली छ । चुनावी एजेण्डा आ-आफ्नै छन् ।
मतदाता मत माग्दै अघि बढिरहँदा मतदाता मतपत्रको आकार, मतदान शैलीमा भने अलमलिएका छन् । मत माग्न अग्रसर उम्मेदवार मत दिने तरीका सिकाउन चुकेका देखिन्छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहकाे निकायको निर्वाचनदेखि नै निर्वाचन आयोगले मतदाता शिक्षामा पर्याप्त ध्यान दिन नसकेको भनेर आलोचना हुँदै आएको छ । जसको प्रभाव मतदातामा देखिएको छ ।
त्यसो त केही मतदाता निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगबाट मतदाता शिक्षा पाउने आशामा छन् । यस पटकको निर्वाचनमा राजनीतिक दलहरु अधिकांश स्थानीय तहमा गठबन्धन गरेका छन् । कतै नेपाली कांग्रेस–माओवादी त कतै नेकपाएकीकृत समाजवादीसँग सहकार्य छ । कतै एमालेको राप्रपासँग त कतै स्वतन्त्रलाई नेकपा एमालेकाे साथ छ ।
उम्मेदवारले लिएको चुनाव चिन्ह उसको मातृ पार्टीसँग मेल नखाने भएकाले त्यसतर्फ आयोग, उम्मेदवार र आम मतदाता सचेत हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्