
गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचनमा संविधानको पक्षधर र संविधान विघटन गर्न चाहने पक्षबीच दुईवटा गठबन्धन आमने–सामने बन्ने बताउनुभएको छ ।
सत्ता गठबन्धन दलहरूको चुनावी जन–भेटघाट कार्यक्रम अन्तर्गत गोरखामा भएको कोणसभालाई सम्बोधन गर्दै दाहालले समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहने गठबन्धनलाई पराजित गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस पटक निर्वाचनमा नेपालमा समान्ती निरंकुशतासहितको राजतन्त्र पुनस्थापना चाहनेको गठबन्धन बनेको दावी गर्नुभयो ।
दाहालले यस पटकको चुनाव जित्नुभन्दा पनि अत्यधिक बहुमतले जित्नु महत्वपूर्ण रहेको बताउनुभयो ।
जनताले पाएको संवैधानिक अधिकार रक्षा गर्ने पक्षमा रहेको आफूहरूको गठबन्धन र संविधान मिच्ने र च्यात्ने पक्षको अर्को गठबन्धनको फैसला मंसिर ४ मा हुने उहाँले दावी गर्नुभयो । यसैबीच आफूहरूको गठबन्धन पवित्र रहेको पनि दाहालको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्