
एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई कम्पनीबाट हटाएको छ।
एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए ।
यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो । यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।
कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौती गर्नुपरेको मस्कले बताएका छन् ।
मस्कले गत अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका उनले अब ट्वीटरमा निलो टिकबापत् व्लु टिक प्राप्त प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने घोषणा समेत गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्