२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा नमुना मतदान


234
Shares

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जनाएको छ । जसमध्ये शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो । मत बदर नहोस भनि सिकाइका रूपमा नमूना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो । स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारीलगायतले नमुना मतदान गरेका थिए ।

यस्तै, मतदाता शिक्षाको लागि जिल्लाका ६१ वटा वडामा स्वास्थ्य स्वंयमसेवीका परिचालन गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।