२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘पाँच दलीय गठबन्धन सत्तामा पुगेर मुलुककाे विकासका निम्ती काम गर्छ’


286
Shares

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन सत्तामा पुगेर मन्त्री/प्रधानमन्त्री बन्नका लागि नभएर मुलुकको समग्र विकासका निम्ती बनेको बताउनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै गृहमन्त्री तथा रुपन्देही–३ बाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार खाँणले पाँच दलीय गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने जिम्मेवारी रहेको बताउनु भयो ।

पाँच दलीय गठबन्धनसँग जनताले ठूलो आशा र भरोसा रहेकाले नेपालको सामाजिक, आर्थिक शैक्षिक सबै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपन्तरण गर्नु पर्ने बताउनु भयो ।

माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा अघि बढाइ राजतन्त्रलाई हटाउन तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको उहाँले भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई निर्वाचनमा घेराबन्दी गरी पराजित गर्न स्वदेशी र विदेशी शक्ति लागेको सूचना आफूले पाएपछि यस बारेमा आफूले दाहाललाई जानकारी गराएको र पाँच दलीय गठबन्धनकै प्रस्तावमा दाहाललाई गोर्खाबाट निर्वाचनमा लडाइएको बताउनु भयो ।