१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भयरहित वातावरणको चुनाव कसरी गर्ने ?


39
Shares

काठमाडाैं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आसन्न निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय सक्षम र सवल हुनुपर्ने बताउनुभएको छ ।

गृहमन्त्रालय र प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिवार आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०७९ को उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने साधन स्रोत उपलब्ध गराउन सम्वन्धित पक्षलाई निर्देशन दिइसकिएको जानकारी गराउनुभयोे ।

उहाँले शान्तिसुरक्षामा कुनै किसिमको सम्झौता नगरी द्वन्द्व व्यवस्थापनमा राजनीतिक वृत्तमा संवादसहितको समाधान खोज्नुपर्ने बताउनुभयो । गृहमन्त्रालयका प्रवक्ता तथा सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले निर्वाचनमा जिल्लाका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखको सुरक्षाका सम्बन्धमा एउटै आवाज हुनुपर्नेमा जोड दिनुभयो ।