
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिवाना लगाएको छ ।
वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले ५ हजार जरिवाना लगाएको हो ।
रिजाल काठमाडौं क्षेत्र नम्बर ६ मा चुनाव प्रचारमा गएको पुष्टि भएको आयोगको भनाइ छ ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको दाबी आयोगको छ ।
प्रतिक्रिया दिनुहोस्