
सिन्धुली । निर्वाचनको सरगर्मी बढिरहेका बेला सिन्धुलीको कमलाखोच, मरिण र चदाहा क्षेत्रका कृषक धान काटने र भित्र्याउने चटारोमा छन् ।
लगातार वर्षा भएका कारण सिन्धुलीमा धानबालीको उत्पादन मध्यम किसिमको रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
यसवर्ष सिन्धुलीमा बाह्रै महिना सिंचाई हुने २५ हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यसवर्ष सिन्धुलीमा कुल ८० हजार मेट्रिकटन धानबाली उत्पादन हुने लक्ष्य राखिएको छ ।
जिल्लामा दोश्रो प्रमुख खाद्य बालीमा पर्ने धानबालीले सिन्धुलीमा कुल ५० प्रतिशत खाद्यान्न पूर्ति गर्ने गरेको छ ।
सिन्धुली जिल्लामा सावित्री रामविलास, मकवानपुर–१, खुमल र हाईब्रिड जातको लोकनाथ गरी आधा दर्जन भन्दा बढी आधुनिक जातका धान वालीहरु लगाईने गरिएको छ भने परम्परागत रुपमा मार्सी, कालोधान लोकल बासमती धान समेत केही मात्रामा लगाइने गरिएको छ ।
यता, मतदाता कृषक खेतको काममा व्यस्त भएका बेला निर्वाचनमा उम्मेद्वार भएका विभिन्न राजनैतिक दलहरुका उम्मेद्वारहरु भने स्थानीय कृषककै खेतमा गएर कृषकहरुसँग मत माग्ने थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्