
ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा नमूना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले सिद्धिचरण नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा अन्तर्गत नमूना मतदान गरिएको हो ।
मतदातालाई मतपत्र पहिचान, उम्मेदवारको जानकारी, मतदान प्रक्रिया र मतदानस्थलमा अपनाउनु पर्ने आवश्यक अनुशासन तथा सुरक्षा संवेदनशिलतासहितको शिक्षा प्रदान गर्न नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।
कार्यालयले मोलुङ, चिशंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकामा पनि नमूना मतदान अभ्यास गरेको छ ।
जिल्लामा शनिबारदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्