२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बारामा एमाले नगर कमिटीका उपाध्यक्ष सहित दर्जनौं एकीकृत समाजवादीमा प्रवेश


845
Shares

बारा । नेकपा (एमाले) को बलियो क्षेत्र मानिएको बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका दलले एमालेका प्रभावशाली नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने रणनीतिलाई तिव्रता दिएका छन् ।

शनिबार जितपुरसिमरा उपमहानगरको एमाले नगर कमिटीका उपाध्यक्ष सहित दर्जनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

चुनावको मुखमा पार्टीका स्थानीय प्रभावशाली नेताहरुले पार्टी छोडेपछि उक्त क्षेत्रमा एमाले संकटमा परेको विश्लेषण हुन थालेको छ ।

गत स्थानीय निर्वाचनमा अधिकांश वडा सहित उपमेयर जितेर उपमहानगरमै पहिलो दल बनेको एमालेले क्षेत्र नम्बर ४ (क) मा देवनारायण चौधरीलाई उम्मेदबार बनाएको छ । चौधरीको प्रतिनिधि सभामा एकल नाम सिफारिस हुँदा पनि केन्द्रिय नेतृत्वले मनोनयनको अघिल्लो दिन रामएकवाल मियाँलाई पार्टी प्रवेश गराई टिकट दिएको थियो ।

प्रतिनिधि सभा सदस्यका आकांक्षी चौधरीलाई प्रदेश उम्मेदवारमा घटुवा गरेसँगै नेता कार्यकर्तामा विचलन सुरु भएको दाबी गरिँदै आएको छ ।

उपमहानगरको नगर कमिटिका प्रभावशाली करिब तीन सय नेता कार्यकर्ताले नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेपछि बारा–४ मा गठबन्धनले एमालेलाई ठुलो क्षति पुर्‍याएको छ ।

गठबन्धनबाट उम्मेदबार बनेका पुर्वमन्त्री किसान श्रेष्ठको बारा–४ मा उम्मेदवारीसंगै बढेको राजनीतिक क्रियाशिलताले प्रतिस्पर्धी दलका कार्यकर्ता पार्टी छोड्ने क्रम बढेको बताइएको छ ।