३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश


1.82k
Shares

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हाे। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो।

एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर १ सय २८ रन पूरा गर्‍यो।