८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीका ४ गाउँपालिकामा नमूना मतदान सम्पन्न


104
Shares

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बदर मत हुन नदिने उदेश्यले सिन्धुलीका ४ वटा गाउँपालिकामा संचालन गरिएको नमूना मतदानकाे काम सम्पन्न भएकाे छ ।

जिल्लाका पिछडिएका सर्वसाधरणहरुले सहज रुपमा मतदान गराउने उदेश्यले संचालन गरिएको नमूना मतदान स्थानीय सर्वसाधारण मतदाताहरुलाई सहभागी गराएर गत बुधबारदेखि सुरु भएकाे ४ वटा पालिकामा नमूना मतदानकाे काम आइतबार सम्पन्न भएकाे हाे । सिन्धुलीको फिक्कल, गोलन्जोर, सुनकोशी र घ्याङलेख गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिनुभयाे ।

स्थानीय पालिकामा रहेका कर्मचारीको सहयोगमा मत बदर हुने संख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएकाे उहाँले बताउनुभयाे । मतदान गर्ने तरिका र विभिन्न खाले मतमत्रका बारेमा समेत जानकारी गराईएको उहाँले बताउनुभयाे । मंसिर ४ गते मतदानका दिन मतदाताले ४ प्रकारका मतपत्रमा छाप लगाउनुपर्नेछ ।

मतदाताले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक-एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक-एक गरेर ४ प्रकारका मतपत्रमा छाप लगाउनुपर्नेछ ।