१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावमा सुरक्षाकाे व्यवस्थापन गर्न गृहलाई सकस


338
Shares

काठमाडौं । आसन्न चुनाव भयरहित वातावरणमा सम्पन गर्न सरकारले सबै तयारी पूरा गरेको छ ।

सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर गृह मन्त्रालयले विगत जस्तै पहिलो घेरामा नेपाली प्रहरी, म्यादी प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने व्यवस्था मिलाएको छ । चुनावकाे सुरक्षा रणनीति अनुसार १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन हुने भएका छन् । तर गृह मन्त्रालयलाई चुनावमा सुरक्षाकाे व्यवस्थापन गर्न भने चुनाैती हुने देखिएकाे छ ।

चुनावकाे मिति नजिकिंदै जाँदा केही सशस्त्र समूह र साना दलहरुले पत्रकार सम्मेलन गरी निर्वाचन भाँड्ने मनसायका विज्ञप्ति निकाले पनि सरकार भने चुनाव भयरहित ढंगले सम्पन्न हुनेमा विश्वस्त छ । सुरक्षा निकायहरुले यसपटकको चुनावमा सुरक्षा स्थिति चुनौतीपूर्ण नरहेको विश्लेषण निकालेको छ । मूलधारका राजनीतिक पार्टीदेखि मधेश केन्द्रित दलहरुसमेत चुनावी अभियानमा छन् ।

जातीय र धार्मिक स्वतन्त्रताको विषय उठाउने संघ संगठनहरु सुस्त अवस्थामा छन् । गृह मन्त्रालयका अनुसार चुनाव लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् । तर केही तत्वबाट आएको निर्वाचन बिथोल्ने धम्कीले केही फरक नपर्ने भन्दै उसले आममतदातालाई निर्धक्क मतदान गर्न आग्रह गरेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै ४ वटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भइसकेका छन् । असोज २३ गते उम्मेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभावकारी बनाउनका लागि निर्देशन दिइएको छ । मन्त्रालयले प्रचार कार्यक्रम नजुध्ने गरी स्थान व्यवस्था गर्न आग्रह गरेको छ ।