
तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता बारे तेह्रथुममा सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले निर्वाचनमा सञ्चारकर्मीहरुको भुमिका विषयक प्रशिक्षण दिएकाे हाे ।
कार्यालयले उम्मेदवार तथा राजनीतिक दल र सञ्चारकर्मीबीच निर्वाचन आचारसंहिता सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
निर्वाचन अवधिमा पत्रकारहरुले खेल्नु पर्ने भुमिका पत्रकारले पालन गर्नु पर्ने आचारसंहिता लगायतको विषयमा पत्रकारहरुलाई जानकारी गराइएको हाे ।
निर्वाचन आयोग कडाइका साथ आचारसंहितालाई पालन गराउन लागेको प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताउनु भयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०७९ जारी भइसकेकाे छ ।
निर्वाचन आचारसंहिता पुर्ण रुपमा पालना गराउन निर्वाचन कार्यालय प्रतिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत तेह्रथुमका प्रमुख प्रमेश पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले निर्वाचन आचारसंहितामा रहेका बुँदाअनुसार समाचार सम्प्रेषण गर्ने बताएका छन । कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्